आज :

ताजा समाचार



फुटबलको संस्थागत विकासमा सघाउने खेलकुद परिषद्का सदस्य सचिवको वाचा

  पुरुषोत्तम ढकाल    २० श्रावण २०७७, मंगलवार ०८:३३      52 Views

काठमाडौं: राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले फुटबलको योजनाबद्ध विकाशमा सघाउने बताउनुभएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै सिलवालले फुटबलको संस्थागत विकासका लागि एन्फाले योजना बनाउनुपर्ने बताउनुभयो ।

फुटबल क्लबहरुको आफ्नै मैदान हुनुपर्ने तर्क गर्दै सिलवालले योजनाबद्ध विकासमा एन्फाले बनाउने जुनजसुकै कार्यक्रममा परिषद् सधैं साथ रहने आश्वाशन दिनुभयो ।

हिजै भलिबल संघको बधाई कार्यक्रममा सिलवालले नेपालमा भलिबलको लागि सुविधासम्पन्न कभर्ड हल बनाउने वाचा गर्नुभयो ।

जुन विश्वासका साथ आफूलाई सदस्य–सचिवको जिम्मेवारी दिइएको छ त्यो विश्वासलाई कहिले टुट्न नदिने लिसवालको दृढता छ ।

सदस्य सचिव सिलवालले अबको चार वर्षको अवधिमा खेलकुदलाई सम्मानयोग्य क्षेत्र बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो ।

सो अवसरमा सदस्य–सचिव सिलवालसहित राखेपका नवनियुक्त सदस्यद्वय रिमबहादुर रानाभाट र इन्दिरा निरौलालाई पनि नेपाल भलिबल संघले बधाई दिदै सफल कार्यकालको कामना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस