आज :

ताजा समाचार

भारतको उत्तर प्रदेशको राजधानी लखनौऊमा कोरोना सक्रमण नियन्त्रण भन्दा बाहिर, उपचार नपाएर मृत्यु हुनेको सख्या बढ्यो

  पुरुषोत्तम ढकाल    १५ श्रावण २०७७, बिहीबार ०८:०७      629 Views

काठमाडौँ: भारतको उत्तर प्रदेशको राजधानी लखनौऊमा कोरोना सक्रमण नियन्त्रण भन्दा बाहिर गएको छ ।
अहिले त्यहा कोरोना सक्रमितको सख्या दिन प्रतिदिन बढ्दो अवस्थामा रहेको छ । अहिले लखनौऊका सबै अस्पताल कोरोना सक्रमितले भरिएका छन भने कोरोना सक्रमित बिरामीको उपचार अभावमा मृत्यु हुन थालेको छ ।
अस्पतालमा बेडको अभावका कारण मृत्युहुनेको सख्या दिन प्रतिदिन बढ्दो अवस्थामा रहेको छ । हिजो अकित नाम गरेका एक युवाको अस्पताल अभावका कारण मृत्यु भएको बताईएको छ ।
कोरोना सक्रमणबाट ग्रसित भएका अकितलाई अस्पताल लगिएपनि अस्पतालका चिकित्सकले नहेरेको कारण मृत्यु भएको अकितका भाई बब्लुले सचारकर्मीहलाई बताएका छन ।
आफै एम्बुलेस चढेका अकितलाई लखनौऊमा रहेको बिभिन्न अस्पताल पुर्याएपनि कुनैपनि अस्पतालले भर्ना लिन नमानेपछि उनको निधन भएको आफन्तहरले जानकारी छन ।
हिजो राती ९ बजेदेखि अस्पताल खोज्दा खोज्दै आज बिहान ५ बजे मात्रै अस्पतालले भर्ना लिएपनि उपचार नपाएको कारण अकितको मृत्यु भएको बब्लुले बताएका छन ।
लखनौऊमा एकैदिन ८ हजारको हाराहारीमा कोरोना सक्रमित थपिएका छन भने ३ हजार ८ सय अस्पताल भर्ना भएका छन ।


प्रतिक्रिया दिनुहोस