आज :

ताजा समाचार



काभ्रेको पाचखालमा घिरौला खेतीबाट लाखौ आम्दानीलिदै कृषकहरु, भिडियो सहित हेर्नुहोस

  पुरुषोत्तम ढकाल    १४ श्रावण २०७७, बुधबार २१:३४      213 Views

काभ्रे: काभ्रे जिल्लाको पाचखालमा कृषक हरुले लकडाउनको समयमा घिरौंला खेती गरेर अहिले लाखौ रुपया  आम्दानी गरेका छन् ।
पाचखालका कृषक हरुले घिरौला  खेती गरेर एक रोपनी जग्गा बाटै पाच लाख सम्म आम्दानी गरेका छन्  । व्यवसायिक रुपमा घिरौला खेति गर्ने हो भने यसबाट राम्रो कमाई गर्न सकिन्छ ।
घिरौला ग्रीष्म–वर्षा यामको लहरे तरकारी बालि भएकाले यसको खेति सजिलै संग गर्न सकिन्छ। यसका कलिला फल तरकारी पकाएर खाइन्छ । यसको औषधिय महत्व छ । यसको सेवनले खानामा रुची बढाउँछ । यसले मुटु तथा पेटका रोगीलाई फाइदा  समेत पुर्याउँदछ ।
घिरौंला खेती गर्ने तरिका, प्रबिधी र जानकारी भिडियो सहित हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस