आज :

ताजा समाचार



सुनिल थापा कांग्रेसमा प्रवेश, देउवाले गरे स्वागत

  पुरुषोत्तम ढकाल    १३ श्रावण २०७७, मंगलवार १७:०५      46 Views

काठमाडौँ: राप्रपा त्यागेका पूर्वमन्त्री सुनिल थापा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

मंगलबार अपरान्ह कांग्रेस केन्द्रीय कार्यालय सानेपामा एक कार्यक्रमबीच कांग्रेस सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्वमन्त्री थापालाई कांग्रेसमा स्वागत गरेका हुन् ।

कार्यकर्तासहित राप्रपा छोडेर आएका थापालाई कांग्रेसको सहमहामन्त्री बनाउने सहमति भएको छ । थापा राप्रपा संस्थापक अध्यक्ष स्व.सूर्यबहादुर थापाका छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस