आज :

ताजा समाचार



सुनिल थापासहितका नेताहरू आज नेपाली काँग्रेस पार्टीमा प्रवेश गर्दै

  पुरुषोत्तम ढकाल    १३ श्रावण २०७७, मंगलवार ०७:५२      54 Views

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का नेता सुनिलबहादुर थापाले लोकतान्त्रिक शक्तिलाई बलियो बनाउने उद्देश्यले बिना शर्त आज नेपाली काँग्रेसमा प्रवेश गर्न लागेको बताउनुभएको छ ।

राप्रपासँग सैद्धान्तिक मतभेद भएको र यसका संस्थापक नेता सूर्यबहादुर थापाले अगाडि बढाएको सिद्धान्तलाई पनि छाडेकाले अब काँग्रेसमा प्रवेश गर्न लागेको जानकारी दिनुभयो ।

नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी प्रवेशको कार्यक्रम तय गरिएको बताउनुभयो ।

नेता थापासहितका ३० जना नेताहरूले केही दिनअघि राप्रपा त्याग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस