आज :

ताजा समाचार



कोरोना संक्रमितको संख्या विश्वमा १ करोड ५७ लाख ८५ हजार नाघ्यो, ६ लाख ४० हजार भन्दा धेरैको मृत्यु

  पुरुषोत्तम ढकाल    १२ श्रावण २०७७, सोमबार ०७:२४      37 Views

काठमाडौं: कोरोना संक्रमितको संख्या विश्वमा १ करोड ५७ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ५७ लाख ८५ हजार ६ सय ४१ पुगेको छ ।
सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ ।
कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख ४० हजार १६ पुगेको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २ सय १६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको छ ।
यद्यपि पछिल्लो समय अफ्रिकन मुलुकमा पनि कोरोना संक्रमण तिव्र रुपमा फैलिरहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस