आज :

ताजा समाचार

नगरकोट जाने बाटो सात वर्षमा पनि पूरा भएन, डेलिकेशन ठेकेदार शारदा प्रसाद अधिकारीसङ ठेक्का तोड्न भक्तपुर नेकपाको माग

  पुरुषोत्तम ढकाल    ११ श्रावण २०७७, आईतवार २२:०७      1893 Views

भक्तपुर: भक्तपुर र काभ्रेको सिमानामा पर्ने पर्यटकीय स्थल नगरकोट जाने बाटो ठेक्का सम्झौता भएको सात वर्ष पूरा हुन लाग्दासमेत निर्माण सम्पन्न हुन नसकेपछि आज  भक्तपुरका नेकपा अध्यक्ष बचन देउजा, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सचिव  डिपी ढकाल तथा नगरकोट होटेल ब्यवसायीको पहलमा नगरकोटको बाटोबारे माननीय भौतिकमन्त्री बसन्त कुमार नेम्वाङ  ज्यु सङ  छलफल भएको छ ।
छलफलका क्रममा आज ढकालले नगरकोटको बाटोबारे डेलिकेशन ठेकेदार शारदा प्रसाद अधिकारीसङ ठेक्का तोडि नयाँ प्रक्रिया थाल्न  मन्त्रीज्युसङ माग गर्नुभएको छ ।

माननीय मन्त्रीज्युको सकारात्मक प्रतिक्रिया रहेकोले अब चाडै नगरकोटको सडक बन्ने भएको छ । बाटो समयमै नबन्दा भक्तपुर नगरपालिका, चाँगुनारायण नगरपालिका र मण्डन देउपुर नगरपालिकाका जनताहरुले धेरै दुख भोग्नुपरेको छ ।
नगरपालिका भित्रको बाटो यसरि निर्माण कार्यमा ढिलासुस्ती हुदाँ नगरकोट भक्तपुर सडक खण्ड वरपरका  स्थानीयवासीले पटक पटक बाटो निर्माण गर्न  ठेकेदार शारदा प्रसाद अधिकारीलाई अनुरोध गर्दा पनि हाल सम्म बाटो बन्न नसक्दा जनताहरुको दुख बुझेर आज ढकालले नगरकोटको बाटोबारे डेलिकेशन ठेकेदार शारदा प्रसाद अधिकारीसङ ठेक्का तोडि नयाँ प्रक्रिया थाल्न  मन्त्रीज्युसङ माग गर्नुभएको हो ।
२०७० सालमा १७ किलोमिटर सडक निर्माणको जिम्मा सैलुङ कन्स्ट्रक्सनले ३७ करोड ८७ लाख रुपैयाँमा पाएको थियो । तर, निर्माण सुरु भएको सात वर्ष पूरा हुन लाग्दासमेत सडक अलपत्र अवस्थामा रहेपछि अनुगमनमा आएका टोलीमाथि स्थानीय आक्रोसित भएका छन् ।

भक्तपुरको कमलविनायक–नगरकोट सडक आयोजनाको निर्माण ठेक्का पाएको सैलुङ कन्स्ट्रक्सनका मालिक शारदाप्रसाद अधिकारी हुन् । अधिकारी सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालका घरबेटीसमेत हुन् । अधिकारीले राजनीतिक शक्तिको आडमा आयोजनाहरू यसरी नै अलपत्र पार्दै आएका छन् । तर, हालसम्म कुनै कारबाही हुन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस