आज :

ताजा समाचार



राखेप सदस्य सचिवकाे पारिश्रमिक तोकियो

  पुरुषोत्तम ढकाल    ८ श्रावण २०७७, बिहीबार ०८:०६      57 Views

काठमाडौं: राष्ट्रिय खेलकुद परिषद् (राखेप) काे अब नियुक्त हुने नयाँ सदस्य सचिवको सेवा सुविधा नेपाल सरकारकाे सचिव सरह हुने भएकाे छ ।
अब सदस्य सचिवकाे मासिक पारिश्रमिक ६० हजार रुपैयाँ हुने छ । सदस्य सचिव छनाेटका लागि बनाइएकाे सिफारिस समितिले सदस्य सचिवकाे पारिश्रमिक मासिक ६० हजार निर्धारण गरेको हो ।

हिजो बसेको सिफारिस समितिले पहिलोपटक राखेप सदस्य सचिवको पारिश्रमिक निर्धारण गरेको हो। यसअघि राखेप सदस्य सचिवको तलब राखेप बोर्डले निर्धारण गर्थ्यो।

तर, राष्ट्रिय खेलकुद ऐन कार्यान्वयनमा आएपछि सदस्य सचिवकाे पारिश्रमिक पनि सरकारले सदस्य सचिव चयनका लागि बनाएको सिफारिस समितिले निर्धारण गरेको हो।

नयाँ सदस्य सचिवका लागि सिफारिस समितिले निवर्तमान सदस्य सचिव रमेश सिलवाल, लिल बहादुर थापा मगर र अन्जु श्रेष्ठकाे नाम सिफारिस गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस