आज :

ताजा समाचार



एफ ए कपको उपाधिका लागि आर्सनल र चेल्सी खेल्ने

  पुरुषोत्तम ढकाल    ५ श्रावण २०७७, सोमबार ०८:३७      58 Views

काठमाण्डाै: एफ ए कपको उपाधिका लागि आर्सनल र चेल्सी खेल्ने भएका छन् । गएराति भएको दोस्रो सेमिफाइनलमा म्यान्चेस्टर युनाइटेडमाथि ३–१ को जित निकाल्दै चेल्सीले फाइनलमा स्थान बनाएको छ ।

वेम्बलीमा भएको दोस्रो सेमिफाइनलमा चेल्सीको जितमा ओलिभर जेरुड र मिसन माउन्टले गोल गरे । चेल्सीले एक गोल उपहार पायो । युनाईटेडका ब्रुनो फर्नान्डेजले सान्त्वना गोल फर्काए ।

खेलमा पहिलो हाफको अतिरिक्त समयमा जेरुडले गोल गरेपछि चेल्सीले अग्रता बनायो । कप्तान एजपेलएक्वेटाले दिएको क्रस बललाई जेरुडले सहज गोल गरेका थिए।

४६ औं मिनेटमा माउन्टको गोलमा चेल्सीले अन्तर २–० मा पुर्यायो । त्यसपछि ७४ औं मिनेटमा उपहार गोलमा चेल्सीले ३–० को अग्रता बनायो । युनाइटेडका ह्यारी म्याग्वेरेले बल क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा गोल हुन पुगेको थियो ।

खेलको ८६ औं मिनेटमा युनाइटेडले पेनाल्टी पाएको थियो । जसलाई फर्नान्डेसले गोल गर्दै अन्तर कम गरेका थिए । तरपनि त्यसपछि युनाइटेड खेलमा फर्कन सकेन र ३–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो । फाइनल खेल आउँदो शनिबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस