आज :

ताजा समाचार



स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको संघर्षपूर्ण जित

  पुरुषोत्तम ढकाल    २८ असार २०७७, आईतवार ०६:५६      117 Views

एजेन्सी: एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा संघर्षपूर्ण जित निकालेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा रियल बेटिसमाथि १-० गोलको संघर्षपूर्ण जित निकालेको हो ।

एट्लेटिकोको जितका लागि डिएगो कोस्टाले खेलको एक मात्र निर्णायक गोल गरेका थिए । उनले खेलको दोस्रो हाफमा निर्णायक गोल गर्दै एट्लेटिकोलाई जित दिलाएका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा एट्लेटिको दस खेलाडीमा समेटिएको थियो । खेलको ५७ औं मिनेटमा मारिओ हेर्मोसोले रातो कार्ड खादै मैदानबाट बाहिरिएपछी घरेलु टोली एट्लेटिको १० खेलाडीमा समेटिएको थियो । तर त्यसको फाइदा रियल बेटिसले उठाउन सकेन ।

खेलनको ७४ औं मिनेटमा कोस्टाले गोल गरे । उनले यनिक करास्कोको पासमा गोल गर्दै एट्लेटिकोलाई १-० गोलको संघर्ष पूर्ण जित दिलाएका हुन् ।

जितसँगै एट्लेटिकोले ३६ खेलबाट ६६ अंक जोड्दै तेस्रो स्थानमा पकड जमाएको छ । पराजित रियल बेटिस भने समान खेलबाट ४१ अंक जोड्दै १३ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस