आज :

ताजा समाचार



नेपालका लागि चिनियाँ राजदूत यान्छी र नेकपा अध्यक्ष दाहालबीच भेटवार्ता

  पुरुषोत्तम ढकाल    २६ असार २०७७, शुक्रबार ०८:२४      72 Views

काठमाडौं: नेपालका लागि चिनियाँ राजदुत हाउ यान्छीले पछिल्लो समय नेकपाका नेताहरुसंगको भेटवार्तालाई तिव्रता दिनुभएको छ ।
यसैवीच हिजो उहाँले नेकपा अध्यक्ष पुष्पकमल दाहालसंग भेटेर समयसामयीक राजनीति विषयमा छलफल गर्नुभएको छ ।
राजदूतले दाहालकै निवास खुमलटार गएर भेट गर्नुभएको हो । भेटवार्तामा दुई मुलुकका साँझा चासाको विषयमा छलफल भएको बताइएको छ ।
नेकपा भित्र विवाद चर्कदै गएपछि राजदुत यान्छीले नेताहरुसँगको भेटवार्तालाई तिव्रता दिनुभएको हो ।
यसअघिपनि उहाँले गत आइतवार नेता माधवकुमार नेपाल र गत मंगलवार नेता झलनाथ खनालसंग भेटवार्ता गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस