आज :

ताजा समाचार

देशभर वर्षा, केही ठाउँमा बाढी र डुबानको जोखिम रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह

  पुरुषोत्तम ढकाल    २६ असार २०७७, शुक्रबार ०७:०२      556 Views

काठमाण्डाै: लगातार पानी परिरहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । मनसुन थप सक्रिय भएकाले देशभर पानी परेको छ ।
सातै प्रदेशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भारी वर्षा भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कञ्चनपुरको शान्तिपुर, बेलौरी र आसपासमा भारी वर्षा भैरहेको छ । कञ्चनपुर भइ बहने साना नदीमा बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा सतर्क रहन भनिएको छ ।
त्यस्तै बर्दियाको गुलरिया, बाँकेको कोहलपुर, नेपालगञ्ज, दाङको दक्षिणी भाग, नवलपरासीको परासी, बर्दघाट, डण्डा बजार र आसपासमा भारी वर्षा भएकाले डुबानको जोखिम र साना नदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह गरिएको छ ।
कास्कीको पोखरा आसपास ठूलो पानी परेको छ । नारायणी नदीमा बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । चितवनको माडी क्षेत्रको बनकट्टा, कल्याणपुर र आसपासमा जोखिम छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी, पहिरो र डुबानको जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस