आज :

ताजा समाचार

विश्वमा पछिल्लो २४ घण्टामा दुई लाख १३ हजार कोरोना संक्रमित थपिए, थपिएकामध्ये सबैभन्दा धेरै अमेरिकामा 

  पुरुषोत्तम ढकाल    २५ असार २०७७, बिहीबार ०८:२८      580 Views

काठमाडौं: विश्वमा पछिल्लो २४ घण्टामा दुई लाख भन्दा धेरै कोरोना भाइरस संक्रमित थपिएका छन्।

वल्डोमिटर्सको तथ्याङ्कअनसार गत २४ घण्टामा विश्वभर दुई लाख १३ हजार ३४ जना संक्रमित थपिएका छन्। यो अघिल्लो दिनको तुलनामा सात हजार भन्दा बढी हो। अघिल्लो दिन दुई लाख लाख ६ हजार २२७० जना संक्रमित थपिएका थिए।

पछिल्लो २४ घण्टामा विश्वमा कोरोना भाइरस संक्रमणका कारण पाँच हजार ५०७ जनाको मृत्यु भएको छ। अघिल्लो दिनको तुलनामा मृत्युको हुनेको संख्या पनि बढेको छ। अघिल्लो दिन पाँच हजार ४६६ जनाको मृत्यु भएको थियो।

थपिएकामध्ये सबैभन्दा धेरै अमेरिकामा ६१ हजार ६०२ जना जना रहेका छन्। सोही सयमा अमेरिका ८७९ जनाको मृत्यु भएको छ। वल्डोमिटर्सको तथ्याङ्कअनसार ब्राजिलमा ४१ हजार ५४१ जना संक्रमित थपिएका छन् भने एक हजार १८७ जनाको मृत्यु भएको छ। भारतमा २५ हजार ५७१ संक्रमित थपिँदा सोही अवधिमा ४९१ जनाको मृत्यु भएको छ।

रुसमा ६ हजार ५६२ जना संक्रमित थपिँदा १७३ जनाको मृत्यु भएको छ। मेक्सिकोमा ६ हजार २५८, पेरुमा तीन हजार ६३३, चिलिमा दुई हजार ६४ र पाकिस्तानमा दुई हजार ९८० जना संक्रमित थपिएका छन्।


प्रतिक्रिया दिनुहोस