आज :

ताजा समाचार

प्रधानमन्त्रीको सुरक्षाका लागि ५ करोडको सुरक्षा उपकरण

  पुरुषोत्तम ढकाल    २५ असार २०७७, बिहीबार ०७:५२      700 Views

काठमाडौं : नेपाल प्रहरीले प्रधानमन्त्रीका लागि खरिद गर्न खोजेको इएलटिई र्‍यापिङ कम्युनिकेशन सिस्टम ठेक्का रद्द गरेको छ ।

प्रधानमन्त्री ओलीका आइटी विज्ञ अस्गर अलीको संलग्नतामा राज्यलाई ५ करोड अनावश्यक व्ययभार थप्नेगरी सुरु गरेको खरिद प्रक्रिया विवादमा परेपछि प्रहरीले ठेक्का रद्द गरेको हो ।

प्रहरीले ५ करोड अनावश्यक ब्ययभार थप्नेगरी प्रधानमन्त्रीलाई उक्ता सिस्टम खरिद गर्न खोजेको विषय नागरिक दैनिकले सार्वजनिक गरेको थियो ।

नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले इएलटिई र्‍यापिङ कम्युनिकेशन सिस्टम खरिद प्रक्रिया रद्द गरेको जानकारी दिए ।

-नागरिक दैनिकबाट


प्रतिक्रिया दिनुहोस