आज :

ताजा समाचार

सिन्धुपाल्चोकमा बाढी पहिरोले दर्जनौँ घर बगे, दर्जनौँ मानिस बेपत्ता भएकाे स्थानीयकाे भनाइ

  पुरुषोत्तम ढकाल    २५ असार २०७७, बिहीबार ०७:४५      559 Views

सिन्धुपाल्चोक: रातभरको अविरल बर्षाका कारण बाढी पहिरोले सिन्धुपाल्चोकका दर्जनौँ घर संरचना बगाएको छ ।
बार्हबिसे नगरपालिका क्षेत्रमा ठाडा खोलाहरु उर्लँदा दर्जनौँ घर बगाएको र बढीले दर्जनौँ मानबिय क्षति भएको आशंका गरिएको छ ।
कतिपय घाईते अबस्थामा रहेका छन, केही बेपत्ता भएका छन । अरनिको राजमर्गको जम्बु, खागदल बजर नै बाढिले बगाएको छ । खागदलको पक्की पूल नै बगाएपछी सडक सम्पर्क टुटेको छ । ”

केही मानीसहरु हराईरहेको सूचना आएको छ, अहिले प्रहरी घटनास्थल पुगेको ईलाका प्रहरी कार्यालय बार्हबिसेका प्रहरी निरिक्षक नवराज न्यौपानेले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस