आज :

ताजा समाचार

प्रिमियर लिगमा किनको आत्मघाती गोलले टोटनह्याम विजयी

  पुरुषोत्तम ढकाल    २३ असार २०७७, मंगलवार ०८:३६      385 Views

काठमाडौं: इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटनह्याम विजयी भएको छ ।

घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले एभर्टनलाई १—० ले हराएको हो । २४ औँ मिनेटमा एभर्टनका माइकल किनले गरेको आत्मघाती गोल नै टोटनह्यामको जितमा निर्णायक बन्यो ।

जितपछि ३३ खेलबाट ४८ अंक बनाएको टोटनह्याम आठौँ स्थानमा उक्लिएको छ ।

पराजित भएको एभर्टन ४४ अंकसहित ११ औँ स्थानमा कायम छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस