आज :

ताजा समाचार

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ५ लाख नाघ्यो, ५ लाख १३ हजार भन्दा धेरैको मृत्यु

  पुरुषोत्तम ढकाल    १७ असार २०७७, बुधबार ०७:४७      652 Views

काठमाडौं: विश्वभर कोरोना भाइरसको संक्रमित संख्या एक करोड ५ लाख नाघेको छ ।
बितेको २४ घन्टामा पौने दुई लाख संक्रमित बढेका छन् । विश्वभर संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख १३ हजार नाघेको तथ्यांक छ । संक्रमितमध्ये ५७ लाख ९० हजार निको भएका छन् ।
अमेरिकामा २७ लाख संक्रमित संख्या नाघेको छ । त्यहाँ एक लाख ३० हजारको मृत्यु भइसकेको छ ।
ब्राजिलमा संक्रमित १४ लाख पुगेका छन् । त्यहाँ ५९ हजारको मृत्यु भएको छ ।
रुसमा ६ लाख ४७ हजार संक्रमित संख्या छ । भारतमा ५ लाख ८५ हजार संक्रमित संख्यामध्ये १७ हजारको मृत्यु भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस