आज :

ताजा समाचार



सलहको झुण्ड सानो बन्दै, उड्ने क्षमता कम, राजस्थान फर्कन खोज्दै

  पुरुषोत्तम ढकाल    १७ असार २०७७, बुधबार ०७:३६      81 Views

काठमाडौँ: दैनिक १२ घन्टासम्म उड्न सक्ने सलह नेपालमा भने लामो समय उड्न नसकेको पाइएको विज्ञहरूले बताएका छन् ।

सलहको प्राकृतिक बासस्थान भारत, पाकिस्तान र अफ्रिकाको मरुभूमि भएकाले सलह त्यता जान खोजिरहे पनि हावाको बहावको कारणले त्यता सहजै फर्कन नसकेको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईंले जानकारी दिनुुभयो ।

देशका विभिन्न भागका कृषि वैज्ञानिकहरूले अहिले यसको गतिविधिलाई अध्ययन गरिरहेका छन् । नेपालमा सलह हावासँगै बगे पनि नेपालको हावापानी सलहको रुचिको बासस्थान नभएको कृषि वैज्ञानिकहरूको भनाइ छ ।

सलहले एक घन्टामा १० देखि १५ किलोमिटरको यात्रा गर्ने र दैनिक १२ घन्टासम्म उडान भर्ने क्षमता राख्छ तर नेपालमा प्रवेश गरेको सलहको झुण्डले एकदेखि दुई घन्टाको उडेपछि पुनः बस्ने गरेकोले नेपालमा यसको प्रकोप कम हुदै जाने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस