आज :

ताजा समाचार



नेपाल आयल निगम द्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि

  पुरुषोत्तम ढकाल    १७ असार २०७७, बुधबार ०७:११      62 Views

काठमाण्डाै: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढेको हो । मूल्यवृद्धिपछि काठमाण्डौ उपत्यकामा पेट्रोल एक सय एक रुपैयाँ तथा डिजेल तथा मट्टीतेल समान ८७ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

आयल निगमले १५ दिनअघि प्राप्त नयाँ मूल्यसूचीका आधारमा मंगलबार रातिदेखि लागू हुने गरी मूल्यवृद्धि गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस