आज :

ताजा समाचार



डब्ल्यूएचओ द्वारा कोरोनाको स्रोत पत्ता लगाउन विशेषज्ञहरु चीन पठाउँदै

  पुरुषोत्तम ढकाल    १६ असार २०७७, मंगलवार ०८:३१      67 Views

काठमाडौं: विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको स्रोत पत्ता लगाउन एक टोली चीन पठाउने भएको छ । कोरोनाको उत्पती कसरी केबाट भयो भन्ने पत्ता लगाउन स्वास्थ्य विशेषज्ञहरुको एउटा टोली आउँदो हप्ता चीन जान लागेको डब्ल्यूएचओले जनाएको छ ।
डब्ल्यूएचओले सुरु देखि नै चीनलाई कोरोनाको स्रोत पशु के हो पत्ता लगाउन आफ्ना विशेषज्ञलाई बोलाउन आग्रह गर्दै आएको छ ।
विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोसले हिजो एक भर्चुअल ब्रिफिङमा यो भाइरस कहाँबाट आयो भन्ने पत्ता लगाउनु आफ्नो उद्देश्य भएको जानकारी दिनुभयो ।
कोरोना भाइरस जनावरबाट मानिसमा आएको वैज्ञानिकहरूको विश्वास छ । वुहानको बजारबाट यो भाइरस सुरु भएको उनीहरुको विश्वास छ जहाँ असाधारण जनावरहरूको मासु बेचिन्छ ।
हालसम्म विश्वमा २ सय १६ देशमा फैलिसकेको यो भाइरसबाट एक करोड भन्दा बढी मानिसमा संक्रमण देखिसकेको छ । करिब ५ लाख भन्दा धेरै संक्रमितको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस