आज :

ताजा समाचार

राजन श्रेष्ठ द्वारा लोक लयमा रचित ”किसान” कविता

  पुरुषोत्तम ढकाल    ११ असार २०७७, बिहीबार १८:२६      3640 Views

                                                                                राजन श्रेष्ठ

शीर्षक : किसान
कविताकाे ढाँचा :लाेक लय

किसान हामी अन्नका दाता संसार सबकाे
उब्जाइ अन्न भाेक त्यो टार्ने हामी हाै अबकाे

दिन र रात पाैरख गरी पसिना बगाइ
हरियो पार्छाैँ याे भुमि सारा अाबादि हटाई

काेदालाे कुट्टाे काेदालि चादेँ खेतमा चलाइ
लगाइ बाली नराखी खाली उब्जनी बढाई

न भाेक तिर्खा,घाम न पानी,न दिन र रात
माटाे र हाम्रो धेरै नै राम्रो अटुट छ साथ

देशकाे हामी मुहार फेर्छाैँ किसान बनेर
भर्नेछाैँ रङ याे देश भर पाैरख गरेर

अालाे र पालाे काम त्यो गर्छौं एक र अर्कामा
मदत दिन्छौं पर्दामा काेहि पिर र मर्कामा

जाल र झेल न गर्छाैं हामी न गर्छाैं कपट
शुद्ध र स्वस्थ हामी त्यो अन्न गर्दैछौं खपत

गर्नेछौं एक देशको निम्ति पसिना रगत
सुन्दर देश निर्माण गर्छाैं हेर्नेछ जगत

(लेखक: राजन श्रेष्ठ,चन्डनि मा.बि , काभ्रे )


प्रतिक्रिया दिनुहोस