आज :

ताजा समाचार



सुनको भाउ तोलामा ९१ हजार, अझै बढ्न सक्ने सम्भावना

  पुरुषोत्तम ढकाल    ९ असार २०७७, मंगलवार ०७:५०      148 Views

काठमाण्डाै: सुनको भाउ अझै बढ्न सक्ने व्यवसायीले बताएका छन् ।

हिजो अहिलेसम्मै महंगो भएको सुनको भाउ अझै बढ्न सक्ने व्यवसायीको भनाई छ । हिजो सुनको भाउ तोलामा ९१ हजार रुपैयाँ पुगेको छ ।

यो अहिलेसम्मकै महंगो हो । अस्ति आइतबारको तुलनामा सुनको भाउ ४ सय रुपैयाँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले यसको असर नेपाली बजारमा पनि परेको र भाउ अझै बढ्ने सक्ने नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ७ सय ५२ दशमलव ८० अमेरिकी डलर पुगेको छ । महासंघकाअनुसार भाउ बढेपछि बजारमा सुनचाँदीको कारोबार लगभग ठप्प जस्तै भएको छ ।

कोरोना भाइरस र लकडाउनको कारण आम्दानी घटेकाले पनि सुन किन्नेभन्दा बेच्न खोज्नेहरु बढेका व्यवसायीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस