आज :

ताजा समाचार

क्वारेन्टिनमा रहेकी महिलाको बलात्कार आरोपमा तीनजना पक्राउ

  पुरुषोत्तम ढकाल    १ असार २०७७, सोमबार ०६:५३      1049 Views

काठमाडौँ: कैलालीको लम्कीचुहा नगरपालिका–१ पूर्वलम्कीस्थित शहीद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टिनमा रहेकी एक महिलामाथि बलात्कार गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ ।

जेठ २० गते गौरीफन्टा नाकाबाट आएर शहीद स्मृति माध्यामिक विद्यालय लम्कीको क्वारेन्टिनमा बस्दै आएकी महिलाले हिजो क्वारेन्टिनमा स्वयंसेवक बताउने तीनजनाले आफुलाई बलात्कार गरेको जाहेरी दिएकी थिइन् ।

उनको उजुरीका आधारमा ती तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडित महिला लम्कीचुहा नगरपालिकाकी ३१ वर्षीया हुन् । तीनै जना आरोपितलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।

दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले लम्की बजारमा विरोध प्रर्दशनसमेत गरेका थिए । प्रदर्शनकारीले वडा कार्यालयमा तोडफोड समेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस