आज :

ताजा समाचार



बेसार खेति बाट नेपालमै करोडौं आम्दानी (भिडियो सहित हेर्नुहोस )

  पुरुषोत्तम ढकाल    ३२ जेष्ठ २०७७, आईतवार १३:०३      92 Views

काठमाडौँ : बेसार जिन्जिबेरसी(Zingiberaceae) परिवारको एक कन्दमूल हो।

यसको वानस्पतिक नाम ‘करक्यूमा लोगा’ हो। नेपालमा सदियौंखि ऋषिमुनिहरूले यसको प्रयोग एक औषधिका रूपमा गर्दै आएको र आयुर्वेदमा यसको गुणहरूको पर्याप्त बयान गरेको पाइन्छ।

विशेष गरी बेसार दक्षिणी तथा दक्षिण पूर्वी एसियाको कन्दमूल हो तर आज विश्वका सम्पूर्ण देशहरूमा यसको प्रयोग हुने गर्दछ। बेसारमा हुने ‘कुरकुमिन’ नामक जैविक रसायनका कारण नै बेसार पहेँलो देखिएको हो।

यस रसायनमा विभिन्न औषधिय तत्त्व पाइन्छ। पौष्टिक तत्वहरूको रूपमा यस बेसारमा भिटामिन ‘ए’ १७५ प्रति सय ग्राममा, केही मात्रामा भिटामिन ‘बि’, ‘बि-२’, ‘सि’ र खाद्य ऊर्जा -क्यालोरी) ३९० क्यालोरी प्रति एक सयग्राममा पाइन्छ भनेका छन्। भने खनिजमा क्याल्सियम, फस्फोरस, फलाम आदि प्रचुर मात्रामा पाइन्छ।

मसलाको समूहमध्ये अग्रपङ्क्तिमा आउने बेसार, लसुन र प्याजका अतिरिक्त हाम्रो भान्छामा सधैं भइरहने उपयोगी सामग्री हो।बेसारले हाम्रो भोजनलाई आकर्षक त अवश्य बनाउँछ तर यसको अलावा केही विशेष तत्वहरू पनि प्रदान गर्छ। बेसारमा कीटाणुहरूलाई मार्ने शक्ति हुन्छ भन्ने तथ्य विभिन्न वैज्ञानिक अनुसन्धानहरूले सिद्ध गरिसकेका छन्।

बेसार खेति गर्ने तरिका सहितको भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस