आज :

ताजा समाचार



विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाखनजिक, संक्रमित झण्डै ६७ लाख पुगे

  पुरुषोत्तम ढकाल    २३ जेष्ठ २०७७, शुक्रबार ०८:००      67 Views

एजेन्सी: विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या करिब ४ लाख पुगेको छ । अहिलेसम्म ३ लाख ९३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको हो ।
यसैगरी संक्रमित हुनेको संख्या पनि ६७ लाख पुग्न लागेको छ । कोरोना भाइरसको संक्रमण र मृत्युबो तथ्यांक राखिरहेको वल्डोमिटरका अनुसार संक्रमित हुनेको संख्या ६६ लाख ९७ हजार नाघेको छ ।
सबैभन्दा बढी संक्रमण र मृत्यु हुने देश अमेरिकामा मृतकको संख्या १ लाख १० हजार नाघेको छ । यसैगरी त्यहाँ १९ लाख २४ संक्रमित पुगेका छन् ।
अमेरिकापछि अधिक संक्रमित रहेको ब्राजिलमा ६ लाख १५ हजारभन्दा बढी पुगेको छ । त्यहाँ मृतकको संख्या ३४ हजार नाघेको छ । तेस्रोस्थानमा रहेको रुसमा ४ लाख ४१ हजार संक्रमित नाघ्दा मृतक भने ५३ सय कटेको छ ।
मृतकका दृष्टिले अमेरिकापछि दोस्रो स्थानमा रहेको बेलायतमा करिब ४० हजार व्यक्तिको मृत्यु भएको छ । त्यहाँ २ लाख ८१ हजारभन्दा बढी संक्रमित छन् । इटालीमा ३३ हजार ६ सयको मृत्यु हुँदा २ लाख ३४ हजार संक्रमित छन् । स्पेनमा २७ हजारको मृत्यु हुँदा २ लाख ८७ हजार संक्रमित छन् ।
यता संक्रमितका दृष्टिले सातौ स्थानमा रहेको भारतमा २ लाख २६ हजार व्यक्ति संक्रमणमा पर्दा त्यहाँ ६ हजार ३ सय व्यक्तिको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस