आज :

ताजा समाचार

जनस्वास्थ्य संकटकाल घोषणा गर्ने सरकारको तयारी

  पुरुषोत्तम ढकाल    २२ जेष्ठ २०७७, बिहीबार ०८:३९      300 Views

काठमाडौं:  सरकारले जनस्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी थालेको छ ।
कोरोना भाइरस संक्रमितको संख्या २ हजार नाघेसँगै सरकारले जनस्वास्थ्य संकटकाल घोषणा गर्ने रणनीति बनाएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको ‘कोभिड–१९ स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजना’ मा २ हजार सक्रिय केस पुगेपछि जनस्वास्थ्य संकटकाल घोषणा गर्न सकिने उल्लेख छ ।
स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य संकटकाल घोषणा सम्बन्धमा छलफल गर्दै आएको छ । कोरोना संक्रमण रोकथामका लागि सरकारले गत ११ चैतदेखि लकडाउन गर्दै आएको छ ।
आजको राजधानी दैनिकमा यो खबर छ ।


प्रतिक्रिया दिनुहोस