आज :

ताजा समाचार

अमेरिकाले चीनसँगको हवाइ यात्रामा प्रविन्ध लगाउने

  पुरुषोत्तम ढकाल    २२ जेष्ठ २०७७, बिहीबार ०७:५९      313 Views

काठमाडौं: अमेरिकाले यही जुन १६ देखि चीनसँगको हवाइ यात्रामा प्रविन्ध लगाउने चेतावनी दिएको छ ।

दुई देशबीच पछिल्लो समय बढ्दै गएको तनावका कारण अमेरिकाले चीनबाट हवाई यात्रामा रोक लगाउने चेतावनी दिएको हो । अमेरिकाले बेइजिङको व्यवहारका कारण चीनका हवाइ उडानमा प्रतिवन्ध लगाउनुपरेको स्पष्ट पारेको छ ।

अमेरिकी यातायात कार्यालयका अनुसार लगायतार अमेरिका उडान भरिरहेका एयर चाइना, चाइना इस्टर्न एयरलाइन्स, चाइना साउदर्न एयरलाइन्स र हेनान् एयरलाइन्सलाई अमेरिकामा उडानमा प्रतिबन्धको तयारी गरेको बीबीसीले जनाएको छ ।

पछिल्ला केही दिनयता कोरोनाको संक्रमण नियन्त्रणमा विश्व स्वास्थ्य संगठन चीनको कठपुतली भएको अमेरिकी आरोप र हङकङको स्वायत्तताको विषयमा अमेरिकाले चीनमाथि लगाएका आरोपका कारण दुवै देशबीचको सम्बन्ध बिग्रिएको हो ।

चीनको मात्र कुरा सुनेको भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पले डब्लुएचओलाई दिँदै आएको सहायता कटौती गर्दै सम्बन्ध बिच्छेद भएको घोषणा गरिसक्नु भएको छ ।

यस्तै केही साताअघि मात्र कोरोनाको महामारी अन्य देशमा फैलाएर अनुचित व्यापारमा लागेको भन्दै अमेरिकाले चीनमाथि आरोप लगाएको थियो ।

यता चीनले भने हङकङको स्वायत्तता र सुरक्षा कानुनको विषयमा अमेरिकाले अनावश्यक चासो राखेको टिप्पणी गरेको छ । अमेरिकाको यो निर्णयसँगै सन् १९८० मा दुई देशबीच भएको हवाइ सम्झौता उल्लंघन भएको छ । (एजेन्सी)


प्रतिक्रिया दिनुहोस