आज :

ताजा समाचार

बेनीको ‘क्वारेन्टाइन’मा योग प्रशिक्षण

  पुरुषोत्तम ढकाल    २१ जेष्ठ २०७७, बुधबार १९:०१      452 Views

म्याग्दी: म्याग्दीको बेनीस्थित ‘क्वारेन्टाइन’मा बसेकाहरुलाई बुधबार (आज)बाट योग प्रशिक्षण दिन थालिएको छ ।

नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरी म्याग्दी ल्याएपछि न्यू वेस्ट प्वाइन्ट आवासीय मावि र म्याग्दी बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेकाहरुलाई योग प्रशिक्षण दिन थालिएको योग केन्द्र नेपालका अध्यक्ष नविन जुग्जालीले बताए ।

बुधबार न्यू वेस्ट प्वाइन्टमा रहेका ४० जनाबाट प्रशिक्षण सुरु गरिएको हो । म्याग्दीमा १२२ जना क्वारेन्टाइनमा छन् । कोरोनाभाइरससँग जुध्न नियमित योगसाधना महत्वपूर्ण हुने भन्दै जिल्लाका सबै क्वारेन्टाइनमा बसेकालाई योगसाधना गराउन लागिएको हो ।

प्रत्येक दिन फरक–फरक योग अभ्यास सञ्चालन गरिने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस