आज :

ताजा समाचार

नेपालमा काेराेना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ९ पुग्यो, आज एकैदिन थपिए २०१ संक्रमित

  पुरुषोत्तम ढकाल    २१ जेष्ठ २०७७, बुधबार १८:५३      584 Views

काठमाडौँ: नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
दोलखाका ७६ वर्षीय बृद्धको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज (बुधबार) जानकारी दिए। उनी जेठ १३ गते काठमाडौँ मेडिकल कलेजमा भर्ना भएका थिए।
उनलाई जेठ १५ केएमसीबाट थप उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो। आइसीयुमा उपचारका क्रममा उनको मृत्यु भएको प्रवक्ता देवकोटाले बताए। यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ।
काठमाडौँ मेडिकल कलेजका बिरामी र स्वास्थ्यकर्मी गरी ५ जनामा कोरोना भाइरस संक्रमण देखिएपछि अहिले यस अस्पतालका सबै सेवा बन्द गरिएका छन्।
आज थप २०१ जनामा कोरोना भाइरस संक्रमण देखिएसँगै कुल संक्रमित संख्या २३०० पुगेको छ।


प्रतिक्रिया दिनुहोस