आज :

ताजा समाचार



सशस्त्रका खेलाडी पनि अब सीमानाकाको सुरक्षा खटिने

  पुरुषोत्तम ढकाल    १९ जेष्ठ २०७७, सोमबार ०९:२८      83 Views

काठमाडौं: सशस्त्र प्रहरीले नेपाल भारत सीमानाकाको सुरक्षामा थप कडाइका लागि दुई सय जनालाई तत्काल तराईका जिल्लामा पठाउने भएको छ ।

जसमा दक्षिण एशियाली खेलकुद सागमा समावेश भएका एक सय खेलाडीलाई पनि पठाइने भएको छ । सशस्त्रले केन्द्रबाट नै खेलाडीसँगै अन्य करिव दुई जनाको टोलीलाई प्रदेश २ का विभिन्न जिल्लामा खटाउने जनाएको छ ।

एपीएफबाट अहिले २५० जना खेलाडीहरु उपत्यकाका विभिन्न युनिटमा परिचालन भएको र ५०–६० जना पदक विजेता खेलाडीहरुलाई भने एपीएफ क्लबमै राखिएको छ ।

आवश्यक परेमा ती पदक विजेता खेलाडीहरुलाई पनि परिचालन गर्ने एपीएफले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस