आज :

ताजा समाचार

बनेपामा खान पकाउने ग्यासको पाइप लिक भएर आगलागी हुँदा ५ जना घाइते

  पुरुषोत्तम ढकाल    १६ जेष्ठ २०७७, शुक्रबार १२:५१      299 Views

काभ्रे:  बनेपा नगरपालिका–७ तरकारी बजारस्थित रुकेश ठकुरीको घरमा आज बिहान आगलागी हुँदा ५ जना घाइते भएका छन् ।

घरको तेस्रो तलामा रहेको भान्सा कोठामा भएको ग्याँसको पाइपको बीचबाट ग्याँस चुहिएर आगलागी भएको बताइएको छ।

आगलागी बाट घाइते हुनेमा रुकेश ठकुरी, उहाँकी श्रीमती शोफिया ठकुरी र डेढ वर्षकी छोरी रचना ठकुरीकासाथै उहाँका आफन्त आयुश ठकुरी र मनिष शाह ठकुरी रहेका छन्।

घाइतेहरुको तत्काल उद्धार गरी बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार गरी थप उपचारका लागि काठमाडौं किर्तिपुर वर्न सेन्टरमा रेफर गरिएको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस