आज :

ताजा समाचार



स्पेनी फुटबल लिग ‘ला लिगा’ सञ्चालन गर्न अनुमति

  पुरुषोत्तम ढकाल    १० जेष्ठ २०७७, शनिबार २०:३७      71 Views

काठमाण्डाै: स्पेनी सरकारले देशकाे सबैभन्दा ठूलाे व्यावसायिक फुटबल लिग ला लिगा काे म्याच आउँदाे जुन ८ तारिखदेखि सुरु गर्न अनुमति दिएकाे छ ।

काेराेना भाइरसकाे महामारी सुरु भएपछि गएकाे मार्चमा ला लिगा स्थगित गरिएकाे थियाे । यद्यपि गएकाे हप्तादेखि कैयाैँ टिम र उसका खेलाडीले अभ्यास सुरु गरेका थिए ।

काेराेना भाइरसले सबैभन्दा धेरै प्रभावित बनाएकाे देशमध्ये स्पेन पनि एक हाे । तर पछिल्लाे केही हप्तादेखि देशभर लगाइएकाे प्रतिबन्ध खुकुलाे बनाइएकाे छ ।

गएकाे हप्तादेखि जर्मन फुटबल लिग बुन्डेस लिगा सुरु गर्न अनुमति दिइएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस