आज :

ताजा समाचार



नेपालमा फेरि थप ३२ जनामा कोरोना संक्रमण पुस्टि, संक्रमितको संख्या ५ सय ४८ पुग्यो

  खुल्ला पोस्ट    १० जेष्ठ २०७७, शनिबार ०९:२२      77 Views

काठमाडौं: नेपालमा थप ३२ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ५४८ पुगेको छ ।
नयाँ थपिएका संक्रमितमा सर्लाही गोडैता र कविलासी नगरपालिकाका १३ जना, कपिलवस्तु वाणगंगा नगरपालिकाका ८ जना र रुपन्देही गैडहवा र रोहिणी गाउँपालिकाका ८ जना रहेका छन् ।
यसैगरी बारा करैयामाई गाउँपालिकाका १ जना, काठमाडौंका १ जना, चितवन भरतपुर ६ का १ जना रहेको स्वास्थ्य मन्त्रालयका डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस