आज :

ताजा समाचार



कोरोना सङ्क्रमित भेटिएपछि भक्तपुरको द्यौला वस्ती ‘शिल’

  पुरुषोत्तम ढकाल    ७ जेष्ठ २०७७, बुधबार १०:५३      52 Views

भक्तपुर: भक्तपुर नगरपालिका–५ भेलुखेलस्थित द्यौलावस्तीमा आज बिहान प्रहरीले ‘शिल’ गरेको छ।
भेलुखेलका ४२ वर्षीय एक पुरुषलाई कोरोना परीक्षणमा पोजेटिभ देखिएपछि उहाँलाई मध्यराति १ बजे आइसोलेटेड एम्बुलेन्समा राखेर अस्पताल लगिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए।
काठमाडौँ महानगरपालिकामा सवारी चालकको काम गर्दै आएका उहाँको महानगरपालिकाले यही जेठ २ गते स्वाब सङ्कलन गरी पिसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य मन्त्रालयले मङ्गलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो। मध्यराति पहिचान भएपछि सुरक्षा निकायले आज बिहान ८ बजे भेलेखेल पुगेर वस्ती शिल गरेको छ।
वस्ती शिल भएका क्षेत्रका बासिन्दालाई सुरक्षाकर्मीले वस्तीभन्दा बाहिर आउन दिएको छैन। प्रहरीले वस्ती शिल गरेसँगै आजै वस्तीमा सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिको पहिचान गर्ने र सम्पर्कमा रहेकाहरुको परीक्षण गर्ने तयारी गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस