आज :

ताजा समाचार



महेश वस्नेत र सर्वेन्द्र खनालविरुद्धको मुद्दा नचलाइने

  पुरुषोत्तम ढकाल    ४ जेष्ठ २०७७, आईतवार २०:५६      137 Views

काठमाडौं: सत्तारुढ नेकपाका सांसदद्वय महेश वस्नेत, किसान श्रेष्ठ र निवर्तमान प्रहरी प्रमुख सर्वेन्द्र खनालविरुद्धको मुद्दा नचलाइने भएको छ । जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौंले प्रहरी प्रतिवेदनका आधारमा तामेलीमा राख्ने निर्णय गरेको छ ।

अपराधको सूचना दर्ता गर्दा दिइएको सूचना पुष्टि हुने आधार हालसम्मको अनुसन्धानबाट फेला नपरेको भन्दै पछि प्रमाण फेला परे फेरि अनुसन्धान हुने गरी मुद्दा तामेलीमा राख्ने निर्णय सरकारी वकीलको कार्यालयले गरेको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी कृष्ण चन्दले आवश्यक प्रमाण फेला नपरेकाले आवश्यक निर्देशनका लागि भन्दै रायसहितको प्रतिवेदन पेश गरेको थियो ।

यसअघि १४ वैशाखमा उजुर लिएर काठमाडौं प्रहरी परिसरमा टेकु गएका जनता समाजवादी पार्टीका नेता डा. सुरेन्द्र यादवको जाहेरी प्रहरीले लिन मानेको थिएन । पछि सरकारी वकिलको कार्यालय, काठमाडौंले जाहेरी दर्ता गरेर अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस