आज :

ताजा समाचार



काभ्रेमा हप्ताको तीन दिन मात्रै बैंक तथा वित्तीय संस्थाहरु खुल्ने

  पुरुषोत्तम ढकाल    ३ जेष्ठ २०७७, शनिबार ०९:४७      231 Views

काभ्रे: कारोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गरेर काभ्रे जिल्ला प्रशासनले हप्ताको तीन दिन मात्र बैंक तथा वित्तीय संस्था खोल्ने निर्णय गरेको छ ।

कोभिड–१९ नियन्त्रण, रोकथाम तथा उपचारसम्बन्धी जिल्ला स्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टरका संयोजक प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरकेो हो ।

हाल यस जिल्लामा हप्ताभरि सञ्चालन भइरहेका बैंक तथा वित्तीय र सहकारी संस्थालाई अब उप्रान्त हप्ताको तीन दिन (आइतबार, मंगलबार र शुक्रबार) मात्र सञ्चालन गर्न निर्णयमा भनिएको छ ।

बैठकमा जिसस काभ्रेका प्रमुख उद्धव केसी, धुलिखेलका मेयर अशोककुमार ब्याञ्जु, विष्णुदल गण, काभ्रेका प्रमुख सेनानी सुवास खड्का, काभ्रेका एसपी रविकुमार पौडेल, सशस्त्र प्रहरीका एसपी पुरुषोत्तम थापालगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस