आज :

ताजा समाचार

जर्मन बुन्डेस लिगा फुटबल सुरु हुँदै, दर्शकविहीन रंगशालामा खेलाइने

  पुरुषोत्तम ढकाल    ३ जेष्ठ २०७७, शनिबार ०९:१४      500 Views

काठमाडौं: कोरोना भाइरसको महामारीले विश्वभर फुटबल खेल रोकिएको बेला जर्मनीमा भने आज(शनिबा)बाट शीर्ष डिभिजनको लिग सुचारु हुने भएको छ ।

गत मार्च महिनादेखि रोकिएको बुन्डेस लिगाका खेलहरु आजबाट दर्शकविहीन रंगशालामा खेलाइनेछ । आज बुन्डेस लिगाका ६ खेल हुनेछन् । लिगको दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमण्डले साल्कासँग खेल्नेछ ।

लिगमा २५ खेलबाट डर्टमण्डको ५१ अंक छ । शीर्ष स्थानको वायर्न म्युनिखको ५५ अंक छ । युरोपमा कोरोना महामारीबाट थलिएको फुटबल सुरु गर्ने जर्मनी पहिलो मुलुक बनेको छ ।

फ्रान्सको लिग वान र नेदरल्याण्ड्सको डच लिग रद्द भइसकेको छ । त्यहाँ शीर्ष स्थानको पेरिस सेन्ट जर्र्मे (पिएसजी)लाई च्याम्पियन बनाइएको छ ।

यसैगरी बेल्जियममा पनि जारी लिग रद्द गर्दै शीर्ष स्थानको क्लब ब्रुजलाई विजेता घोषणा गरिएको छ । ब्रुजले दोस्रो स्थानको गेन्टमाथि १५ अंकको अग्रता लिइरहेको छ ।


प्रतिक्रिया दिनुहोस