आज :

ताजा समाचार



लायन्स क्लव अफ सिन्धुपाल्चोकको प्रेसिडेन्टमा ‘लायन’ भोलानाथ चौलागाई चयन

  पुरुषोत्तम ढकाल    ३ जेष्ठ २०७७, शनिबार ०८:४२      63 Views

काठमाडौं: लायन्स क्लव अफ सिन्धुपाल्चोकको प्रेसिडेन्टमा लायन भोलानाथ चौलागाई चयन हुनुभएको छ । लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए १ अन्तर्गत रहेको क्लवमा आर्थिक वर्ष २०२०/२१ को लागि नया समिति चयन गरिएको हो।

उक्त क्लवको फर्स्ट भाइस प्रेसिडेन्टमा गोविन्द प्रसाद रेग्मी ,सेकेन्ड भाइस प्रेसिडेन्टमा माधव प्रसाद सिग्देल ,थर्ड भाइस प्रेसिडेन्टमा बद्रि प्रसाद खतिवडा , सेक्रेटरीमा आशिष खड्का र ट्रेजररमा राजेन्द्र प्रसाद चौलागाई पनि चयन भएका छन।

त्यस्तै आगामी लायन वर्षका लागि उक्त क्लवमा मेम्बरशिप चेयरपर्सनमा सुरज आचार्य , क्लव एडमिनिस्ट्रेटरमा चित्र कुमार चौलागाई ,LCIF कोअर्डिनेटरमा ठाकुर प्रसाद तिवारी ,टेल ट्वीस्टरमा रेवती रमण खतिवडा , निर्देशकमा चोक कुमार श्रेष्ठ र ट्यामरमा राम प्रसाद पन्त चयन भएका छन।

प्रतिक्रिया दिनुहोस