आज :

ताजा समाचार



विश्वभर कोरोना कारण ज्यान गुमउनेको संख्या ३ लाख ३ हजार नाघ्यो, ४५ लाखभन्दा बढी संक्रमित

  पुरुषोत्तम ढकाल    २ जेष्ठ २०७७, शुक्रबार ११:५९      40 Views

एजेन्सी: हामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९्) को सङक्रमण कारण ज्यान गुमाउनेको संख्या ३ लाख ३ हजार नाघेको छ ।   विश्वभर हालसम्म ३ लाख ३ हजार ४ सय १८ को मृत्यु भएको छ । कुल  संक्रमितको संख्या ४५ लाख २७ हजार २९१ रहेको छ ।
हालसम्म १७  लाख ५ हजार ८३५ कोरोना संक्रमित उपचार पछि निको भइकेका छन् । २४ लाख ४०  हजार ३६४ संक्रमित उपचाररत छन् ।
यसमध्ये ४६ हजार ९३६ कोरोना संक्रमितको अवस्था गम्भीर रहेको छ । विश्वमा  सबैभन्दा बढी ग्रस्ति अमेरिकामा  हालसम्म ८६ हजार ९१२  जनाले ज्यान गुमाएका छन् भने    संक्रमितको संख्या १४ लाख  ५७ हजार ५९३ रहेका छन् ।  अमेरिकामा १६ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।  १० लाख ५२  हजार ६५४ संक्रमित उपचाररत छन् ।
बेलायतमा ३३ हजार ६१४ , इटलीमा ३१ हजार ३६८, स्पेनमा २७ हजार ६४६, फ्रान्समा २७ हजार ४४५ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ ।
नेपालमा हालसम्म २५८ जना कोरोना सङक्रमित भएका छन।जसमध्ये ३५ जना उपचार पछि निको भएर घर फर्किसकेका छन ।अन्यको उपचार भइरहेका छन ।

प्रतिक्रिया दिनुहोस