आज :

ताजा समाचार



कोरोना संक्रमित विरामीको हल्लाले शिक्षण अस्पतालमा खैलाबैला, सुरक्षा व्यवस्था कडाई

  पुरुषोत्तम ढकाल    १ जेष्ठ २०७७, बिहीबार ०९:५३      45 Views

काठमाडौँ: महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कोरोनाभाइरस संक्रमित विरामीको हल्लाले खैलाबैला मच्चिएको छ ।
अस्पतालमा उपचार गराउँदै आएका विरामी र स्वास्थ्यकर्मीमा त्रास सिर्जना भएको हो । अहिले त्रिवि शिक्षण अस्पतालमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ ।
कसैलाई पनि हिँड्डुल गर्न दिइएको छैन । न्युरो सर्जरी वार्डमा सात दिनअघि भर्ना भएकी ६ वर्षीया बालिकाको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कोरोना संक्रमण देखिएको स्रोतले बताएको छ ।
ईएनटीसम्वन्धी विरामी ती बालिकालाई ६ दिनअघि कपिलवस्तुबाट उपचारका लागि काठमाडौँ ल्याइएको थियो । अस्पतालले यसबारे अधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।
अस्पतालका निर्देशक प्रा.डा. प्रेमकुमार खड्गाले केही समयपछि मात्र अस्पतालले जानकारी दिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस