आज :

ताजा समाचार



प्रिमियर लिगका बाँकी खेलहरु आउँदो हप्ताबाट सुरु हुने

  पुरुषोत्तम ढकाल    ३१ बैशाख २०७७, बुधबार १०:४३      51 Views

एजेन्सी:कोरोना भाइरसको महामारीका कारण रोकिएको इंग्लिस प्रिमियर लिग फुटबलको बाँकी खेलहरु सुरु गर्ने प्रक्रियाको पहिलो चरण आउँदो हप्ताबाट सुरु हुनेछ ।

पहिलो चरणमा क्लबहरुको प्रशिक्षण सुरु गर्न लागिएको हो । प्रोजेक्स रिस्टार्टले पहिलो चरणको टिम प्रशिक्षणमा पाँच भन्दा बढी खेलाडी सामेल हुन नपाउने, मैदानलाई डिस्इन्फेक्ट गर्नेसहितका योजना ल्याएको छ ।

रंगशालामा प्रशिक्षणदेखि सबै प्रक्रियामा सामाजिक दूरी अनिवार्य पालना गर्नुपर्नेछ । कर्नरको झण्डा, बल, कोन्स, गोलपोस्ट तथा मैदान डिस्इन्फेक्ट गर्नुपर्ने नियम बनाईएको छ ।

हरेक दिन प्रशिक्षण पूर्व खेलाडीसहितलाई स्वास्थ्य सम्बन्धी विस्तृत विवरण भर्न लगाइने र तापक्रम मापन गरिने छ ।

यसैगरी हरेक दुई हप्तामा कोभिड–१९ को परीक्षण हुने छ । प्रिमियर लिगका खेलहरु गएको मार्च १३ देखि रोकिएका छन् । लिगका ९२ खेल हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस