आज :

ताजा समाचार



श्रीलंकामा हुने महिला विश्वकप क्रिकेटको छनौट प्रतियोगिता रद्द

  पुरुषोत्तम ढकाल    ३१ बैशाख २०७७, बुधबार १०:३०      51 Views

एजेन्सी: कोरोना भाईरसको महामारीको कारण श्रीलंकामा तय भएको आईसीसी महिला विश्वकप छनोट प्रतियोगिता स्थगित भएको छ ।

यही जुलाई महिनाको लागि तय भएको महिला विश्वकप छनोट स्थगित गरिएको अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले हिजो जनाएको हो ।सन् २०२१ मा न्युजिल्याण्डमा आयोजना हुने महिला विश्वकप क्रिकेटको छनोट खेल जुलाई ३ देखि १९ सम्म श्रीलंकामा हुने तालिका थियो ।

आयोजक श्रीलंकासँगै बंगलादेश, आयरल्याण्ड, नेदरल्याण्डस, पाकिस्तान, पपुवा न्युगिनी, थाइल्याण्ड, अमेरिका, वेष्ट इण्डिज र जिम्बावे सहभागि हुने उक्त छनोटबाट तीन टोलीले विश्वकपमा स्थान बनाउने छन् ।

यस्तै आईसीसीले यूथ १९ विश्वकपका लागि युरोपियन छनोट समेत स्थगित गरिएको जनाएको छ । सन् २०२२ मा आयोजना हुने विश्वकपको छनोट प्रतियोगिता यही जुलाई २४ देखि ३० सम्म डेनमार्कमा हुने तय थियो ।

प्रतिक्रिया दिनुहोस