आज :

ताजा समाचार



सोफाजको आयोजनामा अनलाइन कला लेखन कार्यशाला

  पुरुषोत्तम ढकाल    ३१ बैशाख २०७७, बुधबार ०८:५१      121 Views

काठमाडौं: नेपाल ललितकला पत्रकार समाज (सोफाज) को आयोजनामा अनलाइन कला लेखन कार्यशाला भइरहेको छ ।

कला विषयमा पत्रकारिता तथा लेखन गरिरहेका व्यक्तित्वलाई लक्षित गरी सुरु गरिएको कार्यशालामा कलाकार तथा लेखक देवेन्द्र थुम्केलीले कलाका सैद्धान्तिक व्यवहारिक पक्षमा केन्द्रित रहेको थियो ।

शनिबारदेखि सुरु भएको उक्त कार्यशालामा कलाको ऐतिहाासिक पक्ष, सभ्यताको विकासक्रममा कलाको विकास, कलाका सैद्धान्तिक तथा व्यवहारिक पाटाका बारेमा अवगत गराइएको थियो ।

कार्यशालामा कलाका शैलीगत तथा विषयगत पक्षमाथि चर्चा गर्दै थुम्केलीले कला लेखनमा फर्म (स्वरुप) र सार (विषय) का बारेमा चर्चा गर्नुभयो ।

त्यसैगरी सोमबारको सेसनमा कलाकृति अध्ययनका बारेमा परिचर्चा गरिएको थियो । जसमा कलाका तत्व, आधारभूत सिद्धान्त, रङ तथा शैलीका बारेमा जानकारी गराउँदै थुम्केलीले कला लेखनमा यी विषय जान्नुपर्ने विचार व्यक्त गर्नुभयोे ।

त्यस्तै, शुक्रबार समाजको नियमित कार्यक्रम ‘कलाका कुरा’ मा वर्तमान नेपाली कलाको अवस्थाका बारेमा बहस सम्पन्न भयो । इटहरीमा रहेर कला साधना गरिरहेका कलाकार विक्रम श्री र बुटवलमा रहेर कलाकर्म रहेका कलाकार एचबि रम्तेलले नेपाली कला र अवस्थाका बारेमा चर्चा गर्नुभएको थियो ।

साथै मोफसलमा कलाको अवस्था बताउँदै कला विकासमा राज्यले विशेष ध्यान दिनुपर्ने धारणा वक्ताहरुले राख्नुभएको थियो । कोभिड–१९का कारण कलाको गतिविधी कम भएपनि कलाकारहरु सृजनामा सकृय रहेका र यो विषम परिस्थितिको अन्त्य पछि नेपाली कलालाई कसरी अगाडी लैजान सकिनेमा समाज चिन्तनशील रहेको समाजका अध्यक्ष केशवराज खनालले बताउनु भयो ।

कलाकारका सृजना र कला पत्रकारलाई यस अवस्थामा पनि क्रियाशील बनाउन यस्ता कार्यक्रम फलदायी हुने अपेक्षा समाजले लिएको खनालले बताउनुभयो । कार्यक्रमलाई अनलाइनमा सहजकिरणका लागि प्रोशिष सोलुसनले प्राविधिक सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस