आज :

ताजा समाचार

मंगलबादेखि २ घन्टा खुल्ने भयो शेयर बजार, मेरो शेयरको खाता खोल्दा पैसा नलाग्ने

  पुरुषोत्तम ढकाल    २७ बैशाख २०७७, शनिबार ०८:०२      434 Views

काठमाण्डौ: लकडाउनका कारण बन्द रहेको शेयरबजार कारोबार आउँदो मंगलबारदेखि खुल्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले २८ गते आइतबारदेखि नेप्से र ब्रोकरका कार्यालय खोल्ने र ३० गते मंगलबारदेखि कारोबार सुरु गर्ने निर्णय गरेको हो । तर नेप्से बिहान ११ बजेदेखि १ बजेसम्म २ घन्टा मात्रै खुल्नेछ । २ प्रतिशतभन्दा धेरै कारोबार भएमा सर्किट ब्रेक लाग्ने बोर्डले जनाएको छ ।

यस्तै एक तिहाई कर्मचारी मात्रै काममा आउने र एक चौथाइ गाडीलेल मात्रै पास पाउने पनि धितोपत्र बोर्डले निर्णय गरेको छ ।

यस्तै लगानीकर्तालाई मेरो शेयर खाता खोली त्यै खाताबाट अनिवार्य रुपमा इलोक्ट्रेनिक डिपोजिट इन्स्ट्रक्सन स्लिप अर्थात ईडिआईसमार्फत राफसाफ गर्ने  र असार मसान्तसम्म खाता खोल्दा पैसा नलाग्ने बोर्डको निर्णय छ ।


प्रतिक्रिया दिनुहोस