आज :

ताजा समाचार



विश्व शान्तिको कामनासहित आज घर-घरमा दिपावली गर्न प्रधानमन्त्री ओलीको आग्रह

  पुरुषोत्तम ढकाल    २५ बैशाख २०७७, बिहीबार ०८:४१      54 Views

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आज २५६४ औँ बुद्धजयन्तीका अवसर पारेर घर-घरमा दीप प्रज्वलन गर्न आग्रह गरेका छन्।
विश्व शान्तिको कामनासहित बुद्ध जयन्तीका अवसरमा विहीबार साँझ ७ बजे सबै नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्धको लडाइँका अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभ र मृत्युवरण गर्नुभएकाको शान्तिका लागि दीप प्रज्वलन गर्न आग्रह गरेका हुन् ।
कोरोना महामारीका कारण आज बुद्ध जन्मस्थल लुम्बिनीमा पनि औपचारिक कार्यक्रम स्थगित गरी दीप प्रज्वलन गरिने भएको छ । लुम्बिनी विकाष कोषले हिजोबाट तीन दिन सामाजिक दूरी कायम गरी दीप प्रज्वलन गर्ने कार्यक्रम राखिएको जनाएको छ ।
हिजो मायादेवी मन्दिर परिसरमा विहारका भिक्षुहरुले दिप प्रज्वलन गरेका थिए । लुम्बिनी विकास कोषका पदाधिकारी, विहारका भिक्षु, लगायतको सहमागीतामा आज पनि दीप प्रज्वलन गर्ने कार्यक्रम राखिएको छ ।
सरकारले बुद्ध जयन्तीका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी बुद्धजयन्ती परेकाले उक्त दिन मुलुकभर सबैलाई लागू हुने गरी बिदा दिइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस