आज :

ताजा समाचार



न्युट्रल ग्राउण्डमा क्लबहरुले खेल्न नमाने प्रिमियर लिग रद्द हुने

  पुरुषोत्तम ढकाल    २५ बैशाख २०७७, बिहीबार ०८:२५      46 Views

काठमाडौँ: प्रिमियर लिग जुनमा सुरु गर्ने तयारी भइराखेको छ । तर, न्युट्रल ग्राउण्डमा खेल हुन नसकेको खण्डमा प्रिमियर लिग रद्द हुनसक्ने लिग म्यानेजर्स एसोसियसनले बताएको छ ।

एलएमएका प्रमुख रिचार्ड बेभानले सबै प्रिमियर लिगका क्लबहरु न्युट्रल ग्राउण्डमा खेल्न तयार हुनपर्नेछ, नत्र यस सिजनको प्रिमियर लिग रद्द हुने बताएका हुन् ।

कोरोना भाइरस कारण मार्चदेखि प्रिमियर लिगका खेलहरु रोकिएका छन् । फ्रेन्च लिग लिग वान, डच लिग, बेल्जियमको लिग रद्द भइसकेका छन् ।  बेभानले प्रिमियर लिग क्लबसँग अरु विकल्प नरहेको बताएका छन् ।

यस सिजनको लिग सकाउन त्यो प्रस्ताव नै उपयुक्त रहेको उनले बताएका छन् । उक्त प्रसतावमा २० क्लबमध्ये १४ क्लबले स्वीकार गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस