आज :

ताजा समाचार

कम उमेरमा नै कपाल फुलेर चिन्तामा हुनुहुन्छ ? यि घरेलु ५ उपाय अपनाउनुस

  पुरुषोत्तम ढकाल    २५ बैशाख २०७७, बिहीबार ०७:५४      1640 Views

काठमाडौँ :  यदि तपाईको कपाल उमेर नहुदै फुलेर सेतो भएको छ ? अथवा कपाल झर्ने समस्याले हैरान पर्नुभएको छ । यदि त्यसो हो भने हामी तपाईको समस्याको समाधान गर्ने प्रयासमा छौँ । यस्ता प्रभावकारी उपायहरुले तपाईको कपाल सेतो हुने समस्याले केही समय सताउने छैन् ।

यदि तपाई सोच्नुहुन्छ की कपाल फुलेर सेतो हुनु बुढेसकालको संकेत हो यदि यस्तो सोच्नुहुन्छ भने कम उमेर तथा बुढ्यौली शुरु हुनुभन्दा धेरै समय अघि नै कपाल फुलिरहेको हुन्छ । यसको बिशेष कारण के हुन्छ भने खानपान, चिन्ता, तथा बंशाणुगत कारणहरु पनि हुन्छन् । फुलेर सेतो भएको कपाल रंगाउनु एउटा बिकल्प त हुन्छ तर फेरी केही समय पछि जस्ताको तस्तै हुन जान्छ । तर केही यस्ता प्राकृतीक तथा घरेलु उपायहरु अपनाउनु भएका तपाइको कापाल फुल्ने समस्या दिर्घकालिन रुपमा समाधान हुन सक्छ ।
कपाल फुल्ने समस्याबाट छुटकारा पाउने तरिका जान्नका लागि  हेर्नुहोस्।

१. अमला

अमला कपालको लागि निकै प्रभावकारी हुन जान्छ, जसकारण तपाईको कपाल फुल्ने समस्याबाट छुटकारा पाउन सकिन्छ । यस्तै बिभिन्न प्रकारका कंडिसनर तथा स्याम्फुहरुमा पनि यसको प्रयोग भएको पाईन्छ । यदि तपाई नरिवलको तेलमा अमलाका केही टुक्राहरु राखेर उमाल्नुहोस्, उमालेको तेल कालो रंगमा परिणत भएपछी फुलेको कपालमा राम्रोसंग जरासम्म पुग्नेगरी लगाउनुहोस् । लगभग एक घण्टा जति घाममा राख्नुहोस्, अथवा अमलाको जुस बनाएर पनि खान सकिन्छ, यसो गर्नाले फेरी तपाई कालो तथा हराभरा कपाल फिर्ता आउछ ।

२. प्याज

धेरै बर्ष पहीलेदेखी प्याजको प्रयोग कपाल झर्ने समस्याको समाधानका लागि प्रयोग हुदै आएको पाईन्छ । प्याजमा कैटालेस एंजाइम हुने भएकाले नै कपाल झर्ने तथा फुल्ने समस्या समाधानका लागि उपयुक्त मानिन्छ । यसको प्रयोगका लागि प्याजको पेष्ट बनाएर लगाउन पनि सकिन्छ, अथवा प्याज काटेर रगड्न पनि सकिन्छ । प्याज को रस लगाएको एक घण्टा पछी राम्रो स्याम्फुले राम्रो संग कपाल धुनुहोस् ।

३. मेंहन्दी

कपाल फुलेर सेतो भएको अवस्थामा मेंहदीको प्रयोग गर्न सकिने कुरा त तपाईहामीलाई थाह नै भएको कुरा हो । यदि नियमित रुपमा मेंहन्दीको प्रयोग गर्नुहुन्छ भने मेंहन्दीको मिश्रणमा केही आरंडीको तेल, तथा कागतीको रस मिसाउन सक्नुहुन्छ । मेंहन्दी लगाएको एक घण्टामा कपाल धुनु उचित हुन्छ ।

४. मेथि को दाना

मेथि सम्पूर्ण स्वास्थ्यका लागि निकै फाईदाजनक हुनुका साथै हरेक रोग निको पार्नमा पनि यसको प्रभावकारी भुमिका रहन्छ । अलिकती मेथि पानीमा उमालेर दैनिक बिहान एक गिलास पिउनुहोस्, अथवा मेथिका दाना तथा पानी मिसाएर एक पेष्ट बनाउनुहोस् र नियमित रुपमा लगाएको खण्डमा तपाइको सेतो फुलेको कपाल कालो र आकर्षक हुन्छ ।

५. तिल

हुन त भन्ने पनि गरिन्छ राम्रो चिज सानो हुन्छ । हुन त सबैलाई थाह नै छ होला यो जति नै सानो भयो त्यति नै राम्रो तथा प्रभावकारी हुन्छ । साथै यसका फाइदाहरुपनि धेरै नै हुन्छन् । तर यस श्रृङखलामा हामी सेतो फुलेको कपालमा कसरी कालो बनाउन सकिन्छ भन्ने कुरा जोड्न जाँदै छौँ । केही तिल पिसेर बदामको तेलसंग मिसाएर कपालको जरासम्म पूग्ने गरी लगाउनुहोस् । लगभग अधाघण्टा सम्म सुकाएर धुनुहोस्, नियमित रुपमा यसको प्रयोग गर्नाले तपाईको कपाल कालो हुनुका साथै हराभरा देखिन्छ ।

#एजेन्सी


प्रतिक्रिया दिनुहोस