आज :

ताजा समाचार

नेकपा सचिवालय बैठकमा चर्काचर्की, बैठकबाट बाहिरिए प्रधानमन्त्री ओली

  पुरुषोत्तम ढकाल    २४ बैशाख २०७७, बुधबार १७:२५      409 Views

काठमाडौं: नेकपा केन्द्रीय सचिवालय बैठकमा दुई पक्षबीच चर्काचर्की भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा चर्काचर्की भएपछि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली बाहिरिएका छन् । बैठकमा नेताहरुबीच चर्काचर्की हुन थालेपछि प्रधानमन्त्री ओली आफ्नो शयनकक्षतर्फ लाग्नुभएको बालुवाटार निकट श्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओली एक पद एक मुख्य जिम्मेवारीको विपक्षमा रहेका छन् तर बहुमत सचिवालय सदस्यहरु त्यसको कार्यान्वयन गर्ने पक्षमा छन् । सचिवालय बैठकअघि नेताहरु आन्तरिक छलफलमा जुटेका थिए ।  बिहीबार सो पार्टीको स्थायी समिति बैठक बस्दैछ ।


प्रतिक्रिया दिनुहोस