आज :

ताजा समाचार



स्थायी कमिटी बैठकको एजेण्डा तय गर्न नेकपा सचिवालय बैठक आज बस्दै

  पुरुषोत्तम ढकाल    २४ बैशाख २०७७, बुधबार ११:२१      40 Views

काठमाण्डौ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । बिहीबार बस्ने स्थायी कमिटीको बैठकका एजेण्डा तय गर्न बैठक बस्न लागेको हो ।

सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले तयार पारेको सहमतिको प्रस्तावमाथि छलफल गर्ने तयारी छ । यसअघि गएको शनिबार बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकको प्रस्ताव तयार पार्ने जिम्मा प्रचण्ड र महासचिव पौडेललाई दिएको थियो ।

सरकारका काम तथा राजनीतिक दलसम्बन्धी अध्यादेश प्रकरणबारे नेकपाभित्र विवाद छ । स्थायी कमिटी बैठकअघि प्रचण्ड र नेता माधवकुमार नेपाल समूहले हिजो छलफलसमेत गरेका छन् ।

सचिवालय बैठक आज दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस