आज :

ताजा समाचार

फुङलिङ बजार आगलागी : झण्डै ८ करोड रुपैयाँको क्षति

  पुरुषोत्तम ढकाल    २० बैशाख २०७७, शनिबार १५:४२      602 Views

ताप्लेजुङ: फुङलिङ बजारमा ४ वर्षपछि दोहोरिएको आगलागीको घटनामा ७ घर जलेका छन् भने झन्डै ८ करोड रुपयाँ बराबरको धनमाल नष्ट भएको छ ।
घरसँगै ती घरमा रहेका १२ वटा पसल समेत जलेर नष्ट हुँदा झण्डै ८ करोड रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।निमित्त प्रहरी प्रमख प्रहरी निरीक्षक मोहन पोख्रेलका अनुसार यो प्रारम्भिक विवरण मात्र भएको र विस्तेत विवरण आउन भने बाँकीे छ ।
उहाँका अनुसार जलेकामध्ये दुई वटा पक्की र अन्य ५ कच्ची घर रहेका छन्  । आगलागी सुरु भएको चार घण्टापछि शुक्रबार राति २ बजे आगो नियन्त्रणमा आएको थियो । आगलागीको कारण भने पत्ता लागिनसकेको निमित्त प्रहरी प्रमुख पोख्रेलले बताउनुभयो ।
उहाँले गस्तीमा रहेका प्रहरीले पहिलो पटक आागो लागेको देखेको र मान्छे नभएको खाली घर बाहिर ग्याँस गनाइरहेको र आगो हुर्किसकेको समेत जानकारी दिनुभयो ।
आगो पूर्ण नियन्त्रणमा लिन बिहानसम्म पनि दमकल, स्थानीय नागरिक, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी खटिएका थिए ।

यसअघि सदरमुकामको वीरेन्द्र चोक, सदरमुकामको प्रवेशद्वार तोक्मे क्षेत्र, शेर्पाटोल र टुक्रेमा आगलागी भएको थियो । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार सबै आगलागी हिउँद याममै भएका थिए । प्रहरीको तथ्यांक अनुसार आगलागीबाट सबैभन्दा बढी क्षति २०६० चैत १५ गते साँझ वीरेन्द्र चोकको आगलागीमा भएको थियो । त्यतिबेला ४५ घर जल्दा ५१ करोडभन्दा बढीको क्षति भएको थियो ।
त्यस्तै २०७३ चैत ९ गते तोक्मे क्षेत्रमा भएको आगलागीमा ४४ घर जले, ४१ करोडभन्दा बढीको क्षति भएको थियो । २०६८ मा शेर्पाटोल र ०६९ सालमा टुक्रे बजारमा आगलागी भएको थियो । शेर्पाटोलमा ८ करोड ५० लाख र टुक्रेमा ५ करोडभन्दा बढीको क्षति भएको उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथा घिमिरेले बताउनुभयो ।
वीरेन्द्रचोकको आगलागी टुकी बत्तीबाट भएको थियो । तोक्मे डाडाँमा होटलमा रक्सी झान्दा आगलागी सुरु भएको थियो । टुक्रेमा रोटी पकाउदा र शेर्पाटोलमा विद्युत सर्ट भएर आगलागी भएको थियो ।


प्रतिक्रिया दिनुहोस